Logo

पल शाह रिहा नहुने, उच्च अदालतद्वारा थुनामै राख्ने आदेश



काठमाडौं, १९ जेठ । नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।

न्यायाधीशद्वया उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई सदर गर्ने फैसला सुनाएको हो । फैसलापछि पल शाहले थुनामै रहेर जर्बजस्ती करणीको अभियोगको सामना गर्नुपर्ने भएको छ ।

पल शाहलाई जिल्ला अदालत तनहुँले कारागार चलान गर्ने आदेश दिएकोमा उच्च अदालत पोखरामा निवेदन दिएका थिए । साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनका पक्षकाले निवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot