Logo

केपी ओलीले नै बोलाएर बालकोट गएको हुँ, राजनीतिक कुरा भएन : उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि यही गठबन्धन कायम रहने बताएका छन् । उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयदेखि सम्वादहिनता रहेको उल्लेख गर्दै ओलीकै आग्रहमा सामान्य भेटघाट भएको स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुबीच राजनीतिक विषयभन्दा पनि व्यक्तिगत स्वास्थ्य स्थितिबारे एक अर्कालाई सोधिएको सुनाए । उनले आफ्नो पार्टी अहिले पाँच दलीय गठबन्धनमा रहेको र यही गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिए ।

अहिले एमालेसँग सहकार्य गर्ने पक्षमा आफूहरु नरहेको उनको जिकिर छ । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनमा नेपाली कांग्रेसले इमानदारिता नदेखाएको यादवले गुनासो पोखे । उनले अहंकार राम्रो कुरा नभएको टिप्पणी गरे । उनले सबै दल र यसका शीर्ष नेताहरुले पनि दम्भ र अहंकार पाल्न नहुने सुझाव दिए ।

उनले अहिलेको गठबन्धनलाई अघि बढाउने मुख्य दायित्व नेपाली कांग्रेसको भएको सुनाए । गठबन्धनबाट पहिलो लाभ पाउने नेपाली कांग्रेस नै भएकोले यसमा उसले सुझबुझ नदेखाए पूनः मुसिको भवः भनेजस्तै हालत हुनसक्नेपनि उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्