एजेन्सी, २० जेठ । फेब्रुअरी २४ मा, आजभन्दा १०० दिन अगाडि, नाटोको सदस्यतालाई लिएर रुस–युक्रेनबीचको तनाव यस्तो हदसम्म बढ्यो कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध सुरु गरे । त्यसयता पछिल्लो १०० दिनमा युक्रेनको तस्विर पूर्ण रूपमा बदलिएको छ । कुनै समय चमक र उज्यालोले भरिएको युक्रेनी सहर आज भग्नावशेषमा परिणत भएको छ ।
युद्धको यो गर्मीले पूर्वी युरोप बाहिर विश्वका अन्य देशलाई पनि धेरै समस्यामा पारेको छ, त्यसमा भारत पनि परेको छ । आज हामी तपाईलाई यस युद्धका कारण पछिल्लो १०० दिनमा रुस–युक्रेनसँगै भारतलाई कसरी कठिनाइको सामना गर्नुप¥यो भनी बताउछौँ ।
सबैभन्दा पहिले भारतको कुरा गर्ने हो भने युद्ध सुरु भएको तीन महिनाभित्र विदेशी पोर्टफोलियो लगानीकर्ताले भारतीय बजारबाट १ लाख करोड रुपैयाँ फिर्ता लिएका थिए भने यसअघि ९ महिनामा मात्रै ५० हजार करोड रुपैयाँ निकालेका थिए । भारत लगायत विश्वका सबै उदीयमान बजार मुद्रास्फीतिका कारण मौद्रिक संकटको सामना गरिरहेका छन् ।
यस युद्धका कारण डलरको तुलनामा रुपैयाले पनि कीर्तिमानी गिरावट भोगेको छ । आईएमएफका अनुसार जहाँ २३ फेब्रुअरीमा रुपैयाँ एक डलरको तुलनामा ७४.६ मा थियो, ३१ मे मा यो ७७.७ को रेकर्ड स्तरमा पुगेको थियो। अर्कोतर्फ, २०२२ को सुरुमा जहाँ कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलर थियो, रुसी आक्रमणपछि १२८ डलर प्रति ब्यारेल पुगेको थियो ।