Logo

घाँस काट्दै गरेकी बालिका बलात्कार गर्ने युवक पक्राउ



कैलाली, २० जेठ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot