Logo

एमालेद्धारा संसदमा मुल्यवृद्धिसम्बन्धी प्रस्ताव पेस, छलफल जारी



काठमाडौं, २० जेठ । नेकपा एमालेले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता भएको संकल्प प्रस्ताव एमालेका सचेतक विशाल भट्टराईले पेस गरेका हुन् । प्रस्तावको सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राप्रपाका राजेन्द्र लिङदेनले समर्थन गरेका हुन् ।

सांसदहरुले अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको र सरकारले बजार अनुगमन समेत नगरेको बताएका छन् ।

पेट्रोलियम पदार्थमा लगाइएका कर कटाएर भएपनि मृल्यवृद्धि नियन्त्रण गर्न पर्ने सांसदहरुले धारणा राखेका थिए । यो प्रस्तावमाथि छलफलका लागि २ घण्टा छुट्टाइएको छ ।



प्रतिक्रिया दिनुहोस्