Logo

एमसीसी खारेजीका लागि आन्दोलन गर्ने घोषणा गर्दै विप्लवले भनेः अमेरिकाले नेपाल राज्यलाई गुलामको रुपमा बदलेको छ



काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपाललाई गुलामको रुपमा बदलेको टिप्पणी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनमा विप्लवले ठाडै अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपालको स्वाधीनताको आन्दोलन गरिने घोषणा गरे ।

‘अमेरिकाले नेपाल राज्यलाई गुलामको रुपमा बदलेको छ,’ विप्लवले भने,‘छिमेकी देशको बीचमा उचाल्ने क्रम चलेको छ ।’ राष्ट्रिय स्वाधीनता नै खतरामा परेकाले त्यसका लागि आन्दोलन गर्ने बताए ।

मुख्य दलका नेताहरुलाई दलालको संज्ञा दिदै विप्लवले अमेरिकाको ठाडो हस्तक्षेप बढेको टिप्पणी गरे । उनले एमसीसीविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए ।

नेकपाको केन्द्रीय कमिटी बैठकको निर्णय समेत सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले देशको स्वाधीनताको आन्दोलन सुरु गर्ने निर्णय भएको बताए । उनले देशमा दलाल प्रवृत्ति हावी भएकोले त्यसविरुद्ध संघर्षमा उत्रने निर्णय सुनाए ।

असोज १ देखि ८ सम्म पार्टीको महाधिवेशन गर्ने समेत जानकारी गराए । उनले महाधिवेशन राजधानीमा हुने समेत बताए ।

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्