काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबाट फुटेर बनेको नेकपा बहुमतले मल कब्जा गर्दै किसानलाई बाँड्ने चेतावनी दिएको छ । उक्त समूहका कार्यालय सचिव अनमोलले विज्ञप्तिमार्फत् तत्काल किसानलाई मल उपलब्ध गराउन माग समेत गरेको छ ।
अनमोलले कालोबजारी गररेको मल कब्जा गरी किसानलाई वितरण गरिने विज्ञप्तिमा उल्लेख गरेका छन् । मल कालोबजारी गरी दोब्बर मूल्यमा बेचेको पाइएको भन्दै आपत्ती समेत जनाएका छन् ।