Logo

हामी निश्चित् रुपमा भारतसँग नजिक छौं : उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू चीनसँग नजिक रहेको भन्ने कुरा नै गलत भएको टिप्पणी गरेका छन् । उनले भने,‘चीन र भारत दुवै हाम्रा छिमेकी हुन्, असल मित्र हुन् । तर, भारतसँग हाम्रो पारिवारिक, सांस्कृति, धार्मिक, ऐतिहासिक सम्बन्ध रहेको छ । त्यो कुरा हामीले कहिल्यैपनि बिर्सिनुहुँदैन् ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले ‘तपाईँको सम्बन्ध अथवा निकटता आजको दिनमा भारतसँग छ कि चीनसँग ? भनेर सोधेको प्रश्नमा उनले भने–‘राजनीतिक रुपले दुवैसँग हो, तर राजनीतिभन्दा माथि जाने हो भने, खासगरी सांस्कृति रुपले, धार्मिक, सामाजिक तथा व्यवहारले हेर्दा निश्चित् रुपमा हामी भारतसँग नजिक छौं ।’

उनले पार्टीको नीति त भारत र चीन दुवैलाई साथमै लिएर जाने रहेको सुनाए । तर, व्यवहारमा भने भारतसँग धेरै कुरा मिलेको उनले उल्लेख गरे । उनले भने–‘हाम्रो बीचमा ईतिहास पनि सेयर छ, मर्दा र पर्दा पनि उस्तै छ, यो यथार्थ हो । तर, राजनीतिक रुपमा हामी निश्चित् रुपमा सन्तुलित नीति नै अपाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot