Logo

ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मुल्य तोक्न उपसमिति गठन



काठमाडौं, २० जेठ । घरायसी र व्यवसायीक प्रयोजनका लागि ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मुल्य निर्धारण गर्न नेपाल आयल निगमले उपसमिति गठन गरेको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेको हो । निगमका सञ्चालक समितिले संयोजक भने तोकेको छैन् ।

उपसमितिमा ग्याँस व्यवसायी, रेष्टुरेन्ट तथा होटल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधिहरु रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot