Logo

रुसले आणविक हतियार प्रयोग गर्न सक्ने पूर्व रुसी राष्ट्रपति मेडभेडेभको खुलासा



एजेन्सी, २० जेठ । रुसका पूर्व राष्ट्रपति डिमिट्रि मेडभेडेभले आणविक युद्धलाई नकार्न नसकिने बताएका छन् । उनले रुसलाई आणविक युद्धतर्फ धकेल्न खोजिएको परिस्थितिलाई कसैले बिर्सन नहुने पनि बताए ।

कसैले पनि आणविक युद्ध नचाहेको तर केही पनि असम्भव नरहेको बताए । अलजजिरासँगको अन्तवार्तामा रुसको सुरक्षा परिषदका उपप्रमुख समेत रहेका मेडभेडेभले अमेरिकाले रुसलाई आणविक युद्धतर्फ धकेल्न खोजेको आरोप समेत लगाए ।

रुसका राष्ट्रपतिले विशेष परिस्थितिमा आणविक हतियार प्रयोगको आदेश दिनसक्ने समेत बताए । उनले रुसको संवेदनशील पूर्वाधारमा आणविक आक्रमण भएमा, रुसको अस्तित्वमाथि नै खतरा ल्याउने गरी आक्रमण भएमा आणविक हतियार प्रयोगको आदेश दिनसक्ने औल्याए । अन्य देशहरुलाई यसबारे ध्यान दिन समेत भने ।

यसैगरी, क्रेमलिनका प्रवक्ता डिमिट्रि पेस्कोभले लक्ष्य हासिल नभएसम्म युक्रेनमाथिको उसकै शब्दमा सैन्य कारबाही नरोकिने बताएका छन् ।

पछिल्लो समय अमेरिकालगायत नाटो देशहरुले युक्रेनलाई हतियार सहयोग गरिरहेको भन्दै रुसले गम्भीर परिणाम आउने चेतावनी समेत दिएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्