Logo

प्रचण्ड र माधव नेपाललाई कसले प्रधानमन्त्री अफर गरेको हो ? मलाई कुनै जानकारी छैन : सुरेन्द्र पाण्डे (भिडिओसहित)



काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कसले प्रधानमन्त्री बनाउन अफर गरेको हो ? त्यो आफूलाई जानकारी नभएको स्पष्ट पारेका छन् । दाहाल र नेपालको भनाईलाई पाण्डेले हल्लाको संज्ञा दिएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आगामी संसद्को निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना आफूले नदेखेको उनले स्पष्ट पारे । उनले एमाले र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच एकता हुने सम्भावना पनि रहेको सुनाए ।

उनले अहिलेको पाँच दलीय गठबन्धन कायमै रह्यो भने आगामी संघीय संसद्को निर्वाचनमा एमालेलाई अप्ठ्यारो पर्ने औंल्याए । उनले नेपालका कम्युनिष्टहरु मिले आफ्नै कारणले र फुटेपनि आफ्नै कारणले फुट्ने गरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्