Logo

काठमाडौं महानगरमा जटिल बन्दै फोहोर व्यवस्थापन



काठमाडौं, जेठ २१ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहको ढिठको कारण उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बन्दै गएको छ । शुक्रबार बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्दा जनतामा जुन उत्साह थियो । उनीहरु फर्केपछि आक्रोसमा बदलिएको छ ।

पदबहाली भएकै दिनबाट फोहोर व्यवस्थापन गर्न अडिग देखिएका मेयर साहको पहल निरर्थक हुदै गएको छ । शुक्रबार बिहान ल्याण्डफिल साइटमा भेला भएका स्थानीयलाई सो क्षेत्रको विकास गर्न महानगरपालिकाले गर्ने कामको योजना सुन्ने आसमा थिए । तर मेयर साह फोहोर व्यवस्थापनको विषय र योजना मात्र सुनाएकोले जनता थप आक्रोशित भएका छन् ।

‘मेयर र उमपेयर आउँनु भएको थियो । हामीले उहाँहरुबाट ठुलो आशा गरेका थियौ। तर मेयर साहले फोहोर नगनाउन केमिकल छर्किने र फोहोरको परियोजना संचालन गर्ने विषयमा मात्र जानकारी दिए– स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने।

विगत वर्षौदेखिको मागलाई बेवास्ता गर्दै जसरी भएपनि फोहोर बिसर्जन गर्ने नियमतले आएको देखेपछि हामी त निरास भयौ–ढुंगानाको भनाई थियो । मेयर साहले स्थानीय संघर्ष समितिको उपस्थिति बिनानै अन्य स्थानीयवासीलाई बोलाएर बैठक डाकेकोमा स्थानीय आक्रोशित थिए ।

यसअघि गएको ८ दिनअघि सिसडोल र बञ्चरेल्याण्डफिल साइट अनुगमन गर्न पुगेका मेयर साहले समस्या समाधान नभएसम्म फोहोर नल्याउने घोषणा गरेका थिए। स्थानीयले मेयरको सोही भनाईलाई आधार मान्दै फोहोर व्यवस्थापन ठप्प पारेका हुन । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्