Logo

निर्वाचन समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं, २१ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।

पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा ९माओवादी ९केन्द्र०बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् । तर, कांग्रेस– माओवादी धोका दिएको भन्‍ने स्वीकार्न तयार छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot