Logo

फेरि वाम गठबन्धन गर्नेगरि एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी) का दोस्रो तहका नेताहरु छलफलमा



काठमाडौं, २१ जेठ । स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सुरु भएको वामगठबन्धनको गृहकार्यले आकार लिन थालेको बुझिएको छ ।

पछिल्लो समय एमालेका नेताहरुले आफूहरुलाई प्रधानमन्त्री बन्नको लागि अफर गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि राजनीति झनै तरंगित बनेको छ ।

प्रचण्ड र माधव नेपालको यो अभिव्यक्तिसँगै कतिपयले संघीय संसद्को निर्वाचन अगावै वाम गठबन्धन हुने आँकलन गरेका छन भने कतिपयले भने उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग संसद्को निर्वाचनको लागि सिटमा बार्गेनिङ गर्न यस्तो बताएको टिप्पणी गरेका छन् ।

तर, तत्कालिन नेकपामा रहेका एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का दोस्रो तहका नेताहरु भने वाम गठबन्धन गर्नेगरि छलफलमा जुटेका छन् । विशेष सूत्रका अनुसार आजपनि युवा नेताहरु छलफलमा जुटेका थिए ।

छलफलमा एमालेबाट योगेश भट्टराई, घनश्याम भुषाल, गोकर्ण विष्ट सहभागी थिए । उता, माओवादी केन्द्रबाट वर्षमान पुन, शक्तिबहादुर बस्नेत सहभागी थिए भने एकीकृत समाजवादीबाट डा. गंगालाल तुलाधार सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्