Logo

माओवादी केन्द्रले प्रत्येक सदस्यसँग १०० रुपैयाँको दरले आर्थिक संकलन गर्ने



काठमाडौं, २२ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रत्येक सदस्यबाट १ सय रुपैयाँका दरले आर्थिक संकलन गर्ने भएको छ ।

प्रचण्ड निवास खुमलटारमा पार्टीको आज बसेको केन्द्रीय कार्यालय विस्तारीत बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो । साथै बैठकले एक महिनाभित्र १ सय रुपैयाँका दरले ८ लाख सदस्यबाट आर्थिक संकलन गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्