Logo

सरकारद्धारा रगतको मृल्यवृद्धि, प्रतियुनिट कति पुग्यो



काठमाडौं, २२ जेठ । सरकारले रगतको मुल्य बृद्धि गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मुल्यबारे पत्र पठाएर जानकारी दिएको हो ।

जनस्वास्थ्य प्रयोगशालाको अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १६ सय ४० सम्म कायम गरेको हो । अहिलेसम्म प्रतियुनिट रगतको मुल्य ५२५ रुपैयाँ रहेको थियो ।

नयाँ मुल्य अनुसार यसअघि ८० रुपैयाँ पर्ने ब्लड ब्यागको १५० रुपैयाँ पर्ने देखिन्छ । त्यस्तै, ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेलाई १०० रुपैयाँ बनाइएको हो ।



प्रतिक्रिया दिनुहोस्