Logo

रेष्टुरेन्टमा जबरजस्ती करणी गर्ने केसी पक्राउ



काठमाडौं,२२ जेठ । रेष्टुरेन्टमा जबरजस्ती करणी गरेका एक युवक पक्राउ परेका छन् । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका–६ च्यामा घर भएका १९ वर्षीय जिवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१ हात्तीसारस्थित रेष्टुरेन्टमा वेटर काम गर्ने जिवनले ती महिलालाई सोही रेष्टुरेन्टमा जबरजस्ती करणी गरेका थिए । सुचना पाएलगत्तै प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot