Logo

प्राइमलाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश, चुक्ता पुँजी २७८ करोड



काठमाडौं, २२ जेठ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेठ २२ गतेदेखि १४ वर्ष पुरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । हाल चुक्ता पुँजी २७८ करोड रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा १७६३ करोड रहेको छ ।

कम्पनीले हाल सम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड छ भने कूल बीमालेख संख्या १,७५९,३४४ र लगानी १८.३४ करोड रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सकिने उल्लेख गरिएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) क्षेत्रका मुसहर परिवारलाई भाडाकुडा हस्तान्तरण भएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्