Logo

मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन हुने अस्पताल



काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न केही अस्पतालहरुलाई परिपत्र गरेको छ ।

मन्त्रालयले मानसिक रोग सम्बन्धि सेवा विस्तारका लागि१३ वटा अस्पतालहरुलाई १० शैया सहितको सेवा सञ्चालन गर्न परिपत्र गरेको हो ।

मन्त्रालयले मेची अस्पताल, भद्रपुर झापा, कोशी अस्पताल, विराटनगर कोशी, राजविराज अस्पताल, सप्तरी, जनकपुर अस्पताल, धनुषा, वीरगञज अस्पताल, पर्सा, हेटौडा अस्पताल, मकवानपुर, बागलुङ अस्पताल, बागलुङ, लुम्बिनी प्रादेशिक अस्पताललाई परिपत्र गरेको छ ।

त्यस्तै, बुटवल रुपन्देही, तुलसीपुर अस्पताल, दाङ, भेरी अस्पताल नेपालगञ्ज बाँके, सुर्खेत अस्पताल, सुर्खेत, सेती अस्पताल, धनगढी कैलाली र डडेल्धुरा अस्पताल, डडेल्धुरालाई मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न परिपत्र गरेको हो ।



प्रतिक्रिया दिनुहोस्