Logo

विश्व वातावरण दिवस : काठमाडौंलाई फोहोरले गिज्याएपछि (फोटोफिचर)



काठमाडौं, २२ जेठ । आज विश्व वातावरण दिवस । नेपालमा पनि यो दिवस धुमधामका साथ मनाईएको छ । कतै वृक्षारोपण त कतै सरसफाईको कार्यक्रम भएका छन् । तर, मुलुकको राजधानी काठमाडौं भने फोहोरले दुर्गन्धित बनेको छ ।

‘पृथ्वी संरक्षण गर्नुपर्ने समय यही हो, भावी पुस्ताका लागि पृथ्वी बचाऔ, प्रदूषण घटाऔ, फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण गरौं’ जस्ता नारा लगाएर यो दिवस मनाईएको हो । काठमाडौं उपत्यका पछिल्लो समय फोहोरको डुंगुरले भरिएको छ ।

फोहोर उठाउनको लागि काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पहलकदमी लिएका छन् । यसको लागि उनी दुई पटक बञ्चरे डाँडो र सिसडोल पुगिसकेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्र्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot