Logo

‘पुष्पा’ का मुख्य खलनायक नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित



काठमाडौं, २२ जेठ : सुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुवन्धित हुने उनी हाइ प्रोफाइल अभिनेता हुन् ।

ढुंगानाले दक्षिण भारतीय चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आउका कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गरेकी छन् र ह्रह्व दीर्घमा कलाकारको रुपमा वर्मालाई स्वागत पाउँदा उत्साही भएको बताएकी छन् ।
नीता र ज्योतिष हरिहर अधिकारीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउन लागेका हुन् । ८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ । फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ।



प्रतिक्रिया दिनुहोस्