Logo

मदन भण्डारीपछि केपी ओली लोकप्रिय नेता हो, मेरो नातीले पनि केपी ओली जिन्दावाद भन्छ : खगराज अधिकारी (भिडिओसहित)



काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले नेता घनश्याम भुषालले पार्टीको १०औं महाधिवेशनलाई सौराहा काण्ड भनेकोमा आपत्ति जनाएका छन् ।

उनले नेता भुषालले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको विषयमा टिप्पणी गर्दै भने-“राजीनामा माग्न उहाँले बनाएको एमाले हो र ? उहाँ त सडकमा लगेर केपी ओलीलाई फालेर, उहाँले त अदालत गएर अविश्वासको प्रस्ताव ल्याएर, मुद्दा लडेर, थाकेर आउनुभएको हो नि, केपी ओलीलाई त फूटपाथमै पुर्याउनुभएको हो । त्यही केपी ओलीले नै पार्टी बनाउँछ भन्ने उहाँले थाहा पाउनुभयो, र १० बुँदे शर्तसहित उहाँ आउनुभयो, हामीले पनि त्यसलाई सहयोग र मद्दत गर्यौं । केपी ओलीको जिउँदो जाग्दो र वैचारिक कारणले यो पार्टी यहाँ आएको हो भन्ने कुरा दुनियाँलाई थाहा छ ।”

उनले नेपाली राजनीतिमा केपी ओलीको ठूलो क्रेज रहेको सुनाए । आफ्नै नातीले समेत केपी ओली जिन्दावाद भन्ने गरेको पनि उनले स्मरण गराए । उनले नेपालमा वच्चादेखि बृद्धसम्म ओलीको फ्यान रहेको बताए । उनले मदन भण्डारीपछि लोकप्रिय नेता केपी ओली भएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्