काठमाडौं, जेठ २३ । काठमाडौं महानगरले सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्टुरेण्ट तथा बैंकका लागि लोगो सार्वजनिक गरेको छ ।
महानगर प्रमुख बालेन्द्र शाहले सार्वजनिक शौचालयमा प्रयोगले आफ्नो कार्यकक्षमा बसेको फोटोसहित उक्त लोगो सार्वजनिक गरेका हुन् ।
महानगरको मेयर शाहसहितको बैठकले गत जेठ १६ गते वडाध्यक्षसहितको पहिलो सार्वजनिक शौचालयका लागि होटल र रेष्टुरेण्ट प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।