Logo

राससलाई सहयोग गर्ने– महानगर प्रमुख कोइराला



काठमाडौँ,२३ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राससलाई सबल, सक्षम एवं सुदृढीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।विराटनगरस्थित राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालय आज अवलोकन गर्दै उनले समाचार मात्र पस्किने यो संस्था बलियो भएमा आम नागरिक पनि लाभान्वित हुने धारणा व्यक्त गरे ।

सूचना तथा सञ्चारको समयमा राससलाई समयानुकूल बनाउनुपर्ने र सत्य, तथ्य एवं निष्पक्ष समाचारका लागि ख्याति कमाएको यो संस्था बलियो हुनुपर्नेमा उनको जोड थियो । उक्त कार्यालयका प्रमुख मोहम्मद सदरुलले राससको भौतिक सम्पत्ति एवं समाचारसँग सम्बन्धित विविध विषयमा जानकारी गराएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्