Logo

सरोज खनालले निर्देशनमा डेब्यु गर्दै



काठमाडौं, २३ जेठ । अभिनेता सरोज खनालले ‘बगान’ फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका छन् । आइतबार एक कार्यक्रमका बीच ‘बगान’ फिल्मको दुई गीत सार्वजनिक गर्दै खनालले निर्देशनमा डेब्यु गरेको जानकारी दिइएको हो ।

फिल्ममा खनाल, नीर शाह, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा लगायतको भुमिका रहेको छ । लामो समय फिल्म क्षेत्रमा बिताएका निर्देशक खनालले आफुले सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गरेको बताए ।

आफुले निर्देशन गर्ने फिल्मले समाज परिवर्तन गर्न महत्वपुर्ण भमिका खेल्ने उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot