काठमाडौं, २३ जेठ । सत्ता साझेदार तीन दलले कर्णालीका १० जिल्लाको जिल्ला समन्वय समिति गठनमा भागवण्डा गरेका छन् ।
नेपाली कांग्रेसले पाँच, नेकपा माओवादीले चार र नेकपा एकीकृत समाजवादीले एक जिल्लाको प्रमुख पाउनेगरि भागबण्डा भएको हो ।
दुई दिन बसेको प्रदेश संयन्त्रको बैठकले यस्तो सहमति गरेको हो । तर सुर्खेतमा एमाले र माओवादीबीच गठबन्धन हुने हल्ला चलेको छ ।