Logo

सार्वजनिक पदमा बसेकाले यौन हिंसा गरेमा अझै सजाय थप गरौं–गगन थापा



काठमाडौं, २३ जेठ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेमा २ वर्ष बढी कैद सजाय गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधी सभा बैठकमा बलात्कार मुद्दाको संशोधन विधेयक २०७९ माथि छलफल हुँदा नेता थापाले यस्तो सुझाव दिएका हुन् ।
थापाले सार्वजनिक पद धारण गरेका व्यक्तिले पीडितलाई धम्काउने, प्रलोभनमा पार्ने कुरा गर्दा ६ महिना बढी कैद तोकिएकोमा थोरै भएको भन्दै कम्तिमा २ वर्ष बनाउनुपर्ने तर्क राखे ।

स्थानीय सरकारमा निर्वाचित भएका केही जनप्रतिनिधिहरु र त्यो भन्दा अरु जनप्रतिनिधिहरु पनि यस्तो काममा सम्लग्न भएको उल्लेख गर्दै थापाले कैद सजायको अवधि बढाउनपर्नेमा जोड दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot