Logo

चीनको युद्धक विमान अष्ट्रेलियाली सैन्य विमान नजिक पुगेपछि…



एजेन्सी, २३ जेठ । दक्षिण चिनियाँ समुन्द्रमा तनाव बढिरहेको छ । त्यहाँ चीनका युद्धक विमान र जहाजको सक्रियता बढिरहेको छ । यसबीच आइतबार अष्ट्रेलियाको विमानलाई चिनियाँ युद्धक विमानले खतरामा पारिदिएको छ ।

अष्ट्रेलियाको रक्षा मन्त्रालयले चीनले दक्षिण चिनियाँ समुन्द्र नजिकै आफ्नो विमानमाथि खतरा निम्त्याएको भनेको छ । अष्ट्रेलियाको उक्त विमान उक्त क्षेत्र निगरानीको क्रममा रहेको भनिएको छ ।

चीनको जे १६ विमान अष्ट्रेलियाको पी ८ नजिकै पुगेको थियो । उसले हतियार प्रहार गर्ने तयारी समेत गरेको थियो । उक्त घटनाबारे अष्ट्रेलियाले चीनलाई जानकारी नै गराएको छ । चीन र अष्ट्रेलियाबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको छ ।-Photo Source: Reuters



प्रतिक्रिया दिनुहोस्