Logo

इमरान खानलाई पक्राउ गर्न खोजिएपछि…



एजेन्सी, २३ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउको तयारी भइरहेको छ । उनलाई पक्राउ गर्ने सम्भावनाको खुलासा त्यहाँका आन्तरिक मामला मन्त्री राना सनउल्लाहले जानकारी दिइसकेका छन् ।

पाकिस्तान तेहरिक आइ इन्साफका प्रमुख समेत रहेका खान सरकारविरोधी अभियानमा छन् । उनले तत्काल चुनावमा जान सरकारलाई दबाब दिइरहेका छन् ।

तर, पीटीआईका उपाध्यक्ष साह महमुद कुरेसीले खानलाई पक्राउ गरिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । जिओ न्यूजले कडा प्रतिकारको चेतावनी दिएका हुन् । खानलाई पक्राउ गरिए ठूलो भुल हुने चेतावनी समेत दिएका छन् ।

पछिल्लो समय इमरान खानको ज्यानलाई खतरा रहेको हल्ला पनि आइरहेको छ । उनी सरकारविरोधी प्रदर्शनहरुको नेतृत्व गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्