Logo

एक महिनामै दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार



काठमाडौं, २३ जेठ । सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ । जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विदेशी मुद्रातको सञ्चिति घट्दै गएपछि सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो तर यो निर्णयको बिरोध भइरहेको थियो ।

इन्धन खपतको नाममा दुई दिन बिदा दिएको भए पनि त्यो प्रभावकारी नदेखिएका कारण यस्तो व्यवस्था खारेज गरिएको उनले जानकारी दिए । दुई दिन बिदा दिने निर्णय सोमबार नै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्