Logo

चिसो क्षेत्रमा धान रोपाइँ सुरु



लमजुङ, जेठ २४। मकै पाकेर संकलनसँगै उच्चपहाडी क्षेत्रको एक हजार ६ सय मिटर भुभागमा धान रोप्न सुरु गरिएको छ । चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको हो ।

लुम्जुङको ठूला–ठूला फाँटहरु राइनासटार, धमिलिकुवाँ, रामचोकबेंसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुइपिप्ले, सोतिपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । जिल्लामा छ सय देखि एक हजार ६०० मिटर उचाईसम्म धानको ब्याड राखिएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाका अनुसार लमजुङका छ सय देखि एक हजार ६०० मिटर उचाईसम्म धानको ब्याड राखिएको छ । पानी पर्याप्त भएका ठाउँमा धान खेती भइरहेको छ । अधिकांश ठाउँमा जेठको पहिलो साता र असार पहिलो साताबाट रोपाइँ हुन्छ ।

केन्द्रका अनुसार चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको छ । चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । लमजुङका ठूला–ठूला फाँटहरु राइनासटार, धमिलिकुवाँ, रामचोकबेंसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुइपिप्ले, सोतिपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका ठाउँमा लोकलसंगै उन्नत जातको धान लगाइने गरिन्छ । केन्द्रका अनुसार १४ हजार ७८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, बर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । लमजुङका किसानले मुख्य खाद्यबाली धान रोप्न सुरु गरेका छन् । असार नलाग्दै ग्रामीण भेगका किसानले धान रोप्न सुरु गरेका हुन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot