
सप्तरी, जेठ २४। सप्तरीमा ट्रकको ठक्करबाट नेकपा (एकीकृत समाजवादी)का नेताको मृत्यु भएको छ । ठक्करबाट एकिकृत समाजवादीका नेता राम नारायण चौधरीको मृत्यु भएको हो ।
सोमबार राती सप्तरीको खडक नगरपालिका वडा न। ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना ६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको हो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौधरी सुरुंगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट चुनाव लडेका थिए ।
घटनापछि आक्रोसित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए । यता ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।