काठमाडौं, २४ जेठ । सुर्खेतमा ४ दिनदेखि बेपत्ता भएकी सात वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छिन् । गुर्भाकोट–५ की गृश्मा विकको शव मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
उनी गत शुक्रबारदेखि हराएकी थिइन् । बालिकाको शव घरनजिकै ५ सय मिटर तल मकैबारीमा भेटिएको हो ।
स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुसार घटनामा सम्लग्न आंशकामा एक युवकलाई पक्राउ गरेको छ । बालिका हजुरआमासँगै बस्दै आएकी थिइन् ।
बलात्कार पछि हत्या भएको हुनसक्ने स्थानीयले दाबी गरेका छन् । बालिकाको आमाको निधन भइसकेको छ भने उनका बुवा भारतमा काम गर्न गएका छन् ।