Logo

‘इम्बोस्ड नम्बर प्लेट राष्ट्रहित विपरित’ भन्दै तत्काल खारेज गर्न प्राज्ञिक विद्यार्थी परिषद्को माग



काठमाडौं, २४ जेठ । इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सरकारको निर्णय राष्ट्रहित विपरित भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले तत्काल रद्द गर्न माग गरेको छ । देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट देशको भाषा र संविधानको मर्म माथि नै कुठाराघात भएको भन्दै परिषद्ले तत्काल राष्ट्रहितविपरितको सम्झौता रद्द गर्न माग गरेको हो ।

परिषद्का अध्यक्ष डा. गोपीनाथ कण्र्डेल र महासचिव छितराज न्यौपानेले २३ जेठमा संयुक्त विज्ञप्ति जारी गर्दै विगतमा बहस भएर रोकिएको विषयलाई पुनः कार्यान्वयनका लागि सूचना प्रवाह गर्नुले बङ्गलादेश र अमेरिकाको संयुक्त ठेकेदार कम्पनी डेकाटुर टाइनगर आइटीसँगको सम्झौतामाथि नै प्रश्न चिन्ह खडा भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘कमिसनको खेल र समूहगत स्वार्थसिद्धिका लागि देशको भाषा र संविधानको मर्म माथि नै कुठाराघात गरिरहेको स्पष्ट हुँदैछ ।’



प्रतिक्रिया दिनुहोस्