काठमाडौं, २४ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नै पार्टीका केही नेताहरूले आफ्नो बदनाम गर्न खोजेको बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मंगलरबा मन्त्री आलेले पार्टीका केही नेताहरूले अन्तर्वार्ता दिएर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । उनले आफू मन्त्री छाड्न तयार रहेको पनि स्पष्ट पारे ।
मन्त्री आलेले ६ महिनाका लागि मन्त्री भएपनि यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको पनि दाबी गरे ।
अरुलाई मौका दिँदा आफू खुसी हुने बारेमा अध्यक्ष माधव नेपाललाई जानकारी गराइसकेको सुनाए । Photo : Mukunda Kalikote/Reportersnepal.com