Logo

प्रमुख निर्वाचन आयुक्त थपलियाको राजीनामा माग



काठमाडौं, २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद लालबहादुर थापाले निर्वाचन आयुक्त दिनेश थपलियाको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको बोल्दै सांसद थापाले थपलियासहित ३ जना आयुक्तको राजीनमा माग गरेका हुन् ।

थापाले बाजुरामा सत्तापक्षले प्रहरी प्रशासनमार्फत नै बुथ कब्जा गरेको र धाँधली गरेको समेत आरोप लगाए ।

थापाले सत्तापक्षको कब्जाका बाबजुद पनि बाजुरामा एमाले पहिलो दल बनेको दाबी गर्दै बुढीगंगा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा सत्तापक्षले योजनाबद्धरुपमा पुनः मतदानको निर्णय गराएको समेत टिप्पणी गरे ।

 



प्रतिक्रिया दिनुहोस्