Logo

बन्चरेडाँडामा बल प्रयोग गरेर फोहोर बिसर्जन गरिदैं



काठमाडौं, २४ जेठ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोकिएपछि काठमाडौं महानगरले प्रहरी लगाएर फोहोर व्यवस्थापन गर्ने भएको छ ।

सोमबार फोहोर बिसर्जनमा सहमति भएपनि बन्चरेडाँडामा गइरहेका ट्रकहरुलाई आज स्थानीयले रोकेका थिए ।

अहिले प्रहरीले बाटो खुलाउने काम गरिरहेको छ भने केही स्थानीय वासीहरुलाई नियन्त्रणमा लिएको पनि जनाइएको छ ।

महानगरको फोहोर विर्सजनमा बल प्रयोग गर्र्ने इच्छा नभएपनि सिसडोलका स्थानीयहरुले सहमति नमानेपछि प्रहरी लगाएर भएपनि फोहोर बिर्सजन गर्न लागेको महानगरले जनाएको छ ।

उपत्यकामा डेढ सातादेखि फोहोर उठ्न नसक्दा शहर नै दुर्गन्धित भएको छ । सडकमा भएको फोहोरको थुप्रामा सोमबार महानगरले दुर्गन्ध हटाउने केमिकल हालेको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्