Logo

साउन १ गतेदेखि सबै सवारी साधनमा अनिवार्य ईम्वोस्ड नम्बर प्लेट जडान हुनुपर्ने आशय होइन् : महानिर्देशक घिमिरे



काठमाडौं, २४ जेठ । साउन १ गतेदेखि सबै सवारी साधनमा ईम्वोस्ड नम्बर प्लेट जडान हुनुपर्ने आसय नभएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताएका छन् ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी साउन १ गतेका दिन बिहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा ईम्वोस्ड नम्बर प्लेट जडान हुनुपर्ने आसय नभएको विभागले स्पष्ट पारेको हो ।

विभागले गत २० गते प्रकाशीत गरेको सुचनाबाट आम सेवाग्राहीलाई दुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति क्षमयाचना समेत गरेको छ। ‘गत २० गतेको सुचना गत २०७८ कात्तिक २२ गतेको राजपत्रको सुचनाको निरन्तरता मात्र हो । ’साउन १ गते विहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनासय अलिकति पनि होइन ।’–विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । Photo : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्