Logo

विश्व हिन्दू परिषदले भन्योः नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्र (विज्ञप्तिसहित)



काठमाडौं, २४ जेठ । विश्व हिन्दू परिषद् नेपालले देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागू गराउनुमा नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्र भनेको छ । परिषद्ले नेपाली भाषाविरुद्धको षड्यन्त्रमा सरकारको नेतृत्व गरिरहेकाहरुले पूर्ण रुपमा साथ दिनु अत्यन्तै चिन्ताजनक एवं गम्भीर भएको समेत भनेको छ ।

परिषद्का महासचिव जितेन्द्र कुमार सिंहले विज्ञप्तिमार्फत् तत्काल इम्बोस्ड नम्बर प्लेटको निर्णय रद्द गरी नेपाली भाषा देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्न माग गरेको छ । परिषद्ले राष्ट्र विरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथि नै कुठाराघात गरिरहेको तथ्य नेपाली जनतालाई कदापी सह्य नभएको टिप्पणी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्