Logo

सोनाक्षी र जहीरको प्रेम छताछुल्ल



एजेन्सी, २५ जेठ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा जहीर इकबालसँगको सम्बन्धका कारण केही समयदेखि चर्चामा छिन् । यद्यपी दुवैले यसबारे खुलेर बोलेका छैनन् तर हालै दुवैको एउटा भिडियो सार्वजनिक भएको छ, जसले दुवै एकअर्कालाई डेट गरिरहेको फ्यानलाई स्पष्ट पारेको छ ।

वास्तवमा २ जुनमा सोनाक्षीको जन्मदिन थियो, हालै जहीरले सोनाक्षीसँगको एउटा भिडियो सेयर गरेका छन् । यस भिडियोको कमेन्ट सेक्शनमा ‘आई लभ यू’ लेख्दै जाहिरले सोनाक्षीसँगको आफ्नो सम्बन्ध अफिसियल बनाएका छन् । सम्बन्धको पुष्टि गर्दै सोनाक्षीले लेखेकी छिन्, ‘धन्यवाद…लभ यु…अब म तिमीलाई मार्न आउँदैछु।

को हुन् जहीर इकबाल ?
जहीर इकबालको जन्म १० डिसेम्बर १९८८ मा मुम्बईमा भएको थियो । जहीर जौहरी परिवारका हुन् । उनका बुबा इकबाल रत्नासी बलिउड अभिनेता सलमान खानका साथी हुन्। यही कारणले सलमानले जहीरलाई २०१९ मा फिल्ममा पनि लन्च गरेका थिए । उनको डेब्यु फिल्मको नाम ‘नोटबुक’ थियो । यो फिल्म हलिउड फिल्म ’टिचर्स डायरी’ को रूपान्तरण थियो। तर यो फिल्म बक्स अफिसमा फ्लप भयो ।

सोनाक्षीसँगको सम्बन्ध अघि जहीरको नाम सन् २०१४ मा फिल्म ‘लेकर हम दीवाना दिल’ फेमकी दिक्षा सेठसँग जोडिएको थियो । यसपछि जहीरको नाम सना सईदसँग जोडिएको थियो । सना फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ मा देखिएकी छिन् । यद्यपि जहीरले यसबारे खुलेर बोलेका छैनन् ।

जहीर र सोनाक्षी अक्सर सँगै देखिएका छन्। रिपोर्टका अनुसार दुबैको पहिलो भेट सलमान खानले गराएका थिए, त्यसपछि उनीहरुको मित्रता सुरु भएको थियो । दुबै हालै विवाहमा सँगै देखिएका थिए । अब दुबै आफ्नो आगामी फिल्म ‘डबल एक्सएल’ मा सँगै देखिनेछन् । सतराम रमानी निर्देशित फिल्ममा हुमा कुरेशी पनि मुख्य भूमिकामा देखिनेछिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot