Logo

अर्थमन्त्रालयद्धारा शेयर बजार सुधार गर्न सुझाव समिति गठन



काठमाडौं, २५ जेठ । खस्कदो शेयर बजार सुधारको लागि अर्थमन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा समिति गठन गरेको छ । शेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको हो ।

समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तोकिएको छ । सदस्य बोर्ड, मन्त्रालय र राष्ट्रबैकबाट एक/एक जना प्रतिनिधि रहने जनाइएको छ ।

पछिल्लो समयमा शेयर बजार निरन्तर खस्किदै आएको छ । मंगलबार पनि नेप्से ४५ अंकले घटेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot