Logo

सरकारले भोलि बन्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने



काठमाडौं, २६ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि उत्पन्न विवाद मिलाउन शुक्रबार वार्ता हुने भएको छ ।

भोलि (शुक्रबार) हुने वार्तामा सरकारको तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाक्री, नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महत, संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना लगायत फोहोर मैलाबाट प्रभावित स्थानका जनप्रतिनिधिहरु सहभागी हुने जनाईएको छ।

उपत्यकाको फाहोर करीब २ हप्तादेखि उठ्न सकेको छैन् । फोहोरले शहर नै दुर्गन्धित भएको छ। गठबन्धन र शहरी विकास मन्त्रालयले बन्चरेडाँडा र सिसडोलवासीहरुसँग छलफल तयारी गरेको छ।

सोमबार मन्त्रालय, काठमाडौ महानगर र स्थानीयबीच सहमति भएपनि स्थानीयहरुले फोहोर विसर्जन गर्न दिएका छैनन् । दैनिक अवरोध सिर्जना गरेका छन् ।

यो पनि पढ्नुहोस्

 



प्रतिक्रिया दिनुहोस्