काठमाडौं, २७ जेठ । अहिले बजारमा एउटा पाठ्यपुस्तक चर्चामा छ । यो पुस्तक एलकेजीको विद्यार्थीका लागि अभ्यास नेपाल एजुकेशन फाउन्डेशन प्रा.लि.ले तयार गरेको हो ।
रमेश भुषाल परिकल्पनाकार रहेको पुस्तकका लेखक अर्चना भण्डारी, बिना शर्मा र लिना श्रेष्ठ छन् । यो २०७४ मा पहिलो पटक प्रकाशित भई हरेक वर्ष देशका धेरै विद्यालयहरुमा पुग्ने गर्छ ।
भुषालले विगत ५ वर्ष देखि पुस्तक प्रकाशित हुँदै आएको र अहिले किन विवाद झिकेको भनेका छन् । पुस्तक प्रकाशित भएर वितरण समेत भइसकेकाले यस वर्ष यसलाई हटाउन नसकिएको जवाफ दिएका छन् ।
भुषाल स्वयं इशाई धर्मालम्बी भएको बुझिएको छ । उनले योजनावद्ध तरिकाले ई अक्षरको परिचय गर्दा ईशा उल्लेख गरेको खुलेको छ ।
साना बालबालिकाका लागि तयार गरिएको पुस्तकमा ई अक्षरको परिचय ईशा लेखिएको भन्दै संसद देखि सडकसम्म प्रश्न उठिसकेको छ । संसदमा नेकपा एमालेका सांसद डा. भीम रावलले यसबारे प्रश्न उठाइसकेका छन् ।