Logo

सिसडोलबासीसँग मन्त्री झाँक्रीले मागिन् माफी



काठमाडौं, २७ जेठ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीमाथि भएको प्रहरी दमनको विषयमा माफी मागेकी छिन् । आज मन्त्रालयमा भएको फोहोर व्यवस्थापनसम्बन्धीको छलफलमा बोल्ने क्रममा उनले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी हुन्

मन्त्रालयको आजको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरेका थिए । जनप्रतिनिधिहरुले स्थानीयवासीमाथि भएको प्रहरी ज्यादतीको विषयमा प्रश्न उठाएपछि उनले माफी मागेकी थिईन् ।

उनले भनेकी छिन–मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot