Logo

अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै विप्लवनिकट विद्यार्थी संगठन सडक आन्दोलनमा (फोटोफिचर)



काठमाडौं, २७ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी सडक संघर्षमा उत्रिएको छ । उनीहरु एमसीसी खारेजीको माग गर्दै सडक संघर्षमा उत्रिएका हुन् ।

माईतीघरमा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, एमसीसी राष्ट्रघाती हो, तुरुन्त खारेजी गर’ लगायतका नारासहितको प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । अमेरिकी सेनाका एसिया(प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा रहेको बेला उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

आजमात्रै प्रधानमन्त्री निवास बालुवाटार पुगेर फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । सो अवसरमा केन्द्रीय सदस्य ओमप्रकाश पुन, नरेन्द्र्र बिकलगायतले सम्बोधन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot