Logo

यौनसम्बन्ध, विवाद अनि हत्या



काठमाडौं, २७ जेठ । दार्चुलाको शैल्यशिखर नगरपालिका बारिलमा महिलालाई हत्या गरी जलाइएको घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरी अहिलेसम्मको अनुसन्धानबाट पत्ता लागेको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले घटनामा भोजराज खडायतको मात्र संलग्नता रहेको पत्ता लागेको बताएका छन् ।

यसअघि तीनजना संलग्न भनिएकोमा एकजना मात्र संलग्न भएको देखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा अनिभासँग भोजराजले शारीरिक सम्बन्ध राख्ने गरेको समेत अनुसन्धानबाट खुलेको स्रोतले बताएको छ । बुधबार विहान पनि अनिभालाई डाकेर भोजराजले शारीरिक सम्पर्क गरेको र विवादपछि हत्या गरेको बयानमा भनेको बुझिएको छ ।

ढुङ्गाले हानेर हत्या गरेपछि अनिभाकी छोरी गौमतीसँग जम्काभेट भएको र प्रमाण मेटाउन आगो लगाएको बयानमा भनेका छन् । घटनाको अनुसन्धानबाट खुलेका तथ्यहरुबारे जानकारी दिइने बताए ।

अनिभाको पतिको मृत्यु भएको ७ वर्ष भएको थियो । घरमा दुई छोरी मात्र थिए । एक छोरीको विवाह भएको र छोरा कामको सिलसिलामा बैंगलोरमा थिए ।

घटनामा पक्राउ परेका भोजबहादुर खडायत बुधबार विहान ३ बजे अनिभा खडायतको घरमै पुगी बोलाएका थिए । भोजबहादुरले बोलाउँदा अरु दुई जना पुरुषहरु पनि रहेको र आमा बाहिर गएको १६ वर्षीया छोरी गौमती खडायतले प्रहरीसँगको बयानमा भनेको भनिएपनि एकजना मात्र संलग्न रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot