Logo

भक्तपुर केन्द्रबिन्दु रहेको भूकम्प कति शक्तिशाली



काठमाडौं, २८ जेठ । आज विहानै गएको भूकम्प ठूलै धक्काको महशुश हुने गरी गएको छ । यसको केन्द्रबिन्दु चाँगुनारायण आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प ४.७ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । विहान २ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का उपत्यकालगायत आसपासको क्षेत्रमा गएको छ । सामाजिक सञ्जालमा मानिसहरुले ठूलै धक्का महशुश भएको लेखेका छन् । भूकम्पले लामो समय हल्लाएको थियो ।

भूकम्पका कारण मानिसहरु घरबाट बाहिर निस्किए । अहिलेसम्म कुनै क्षति विवरण नआएपनि उपत्यकावासी सतर्क भएका छन् ।



प्रतिक्रिया दिनुहोस्