Logo

प्रचण्डलाई उपकुलपति प्रा.डा. भोला थापाद्धारा पुस्तक उपहार



काठमाडौं, २८ जेठ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । थापाले दाहाललाई आफूले लेखेको पुस्तक इन्जिनियर अफ ईञ्जिनियरिङ एजुकेशन पुस्तक पनि उपहारस्वरुप प्रदान गरेका छन् । थापा र प्रचण्डबीचको भेटवार्ताबारे प्रकाश पार्दै प्रचण्डका स्वकिय सचिव रमेश मल्लले लेखेका छन्-

अध्यक्ष कमरेड प्रचण्डसङगको भेट पश्चात् पुस्तक उपहार प्रदान गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा। डा. थापाले उक्त पुस्तकमा अध्यक्ष कमरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा स्विस भ्रमणमा जादा नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा विस्तारको लागी तत्कालीन सबै क्षेत्रमा एक एक वटा बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने र त्यसको लागी स्विस सरकारले सहयोग गर्ने समझदारी बनेको रहेछ। उहाँको भनाइमा अध्यक्ष कमरेड प्रचण्ड प्रमबाट बाहिरिएपछी त्यो योजना अलपत्र पर्यो। उहाले यो कुरा पुस्तकमा उल्लेख गर्नु भएको रहेछ। धन्यवाद प्रा डा भोला थापा सर !!



प्रतिक्रिया दिनुहोस्

Screenshot