Logo

पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही



सुर्खेत, २८ जेठ : प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।

नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए ।

जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए ।

अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ।’

नीति तथा कार्यक्रममा भएका कुराहरु नै अबको बजेटको मूल उदेश्य हुने उनले बताए । अब जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए ।



प्रतिक्रिया दिनुहोस्