Logo

संविधान विपरित इम्बोस्ड नम्बर लेखिने व्यवस्था राष्ट्रघात: वरिष्ठ अधिवक्ता डा. भट्टराई



काठमाडौं, २९ जेठ । वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले इम्बोस्ड नम्बर प्लेटमा राष्ट्रघात भएको टिप्पणी गरेका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधान विपरित इम्बोस्ड नम्बर प्लेट लेखिने व्यवस्था राष्ट्रघात भएको टिप्पणी गरेका हुन् ।

भट्टराईले संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपीको नेपाली भाषा सरकारी काम काजको भाषा हुनेछ भनी लेखिएकाले यसमा भएको फैसला स्वीकार्य नभएको समेत बताएका छन् । उनले यसविरुद्ध आवाज बुलन्द गर्न आग्रह समेत गरे ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्ः देवनागरी लिपीको नेपाली भाषा सरकारी काम काजको भाषा हुनेछ , नेपालको संविधानको धारा ७(१)। यो विपरीत इम्बोस्ड नम्बर लेखिने ब्यवस्था रास्ट्रघात नै हो ।कमिसन , सेटिङ र बिदेशी प्रभावमा भएका सम्बिधान विरोधी सवै कार्य वा जुन सुकै तहका निर्णय वा फैसला स्विकार्य छैनन् ।आवाज बुलन्द गरौ ।



प्रतिक्रिया दिनुहोस्